Section 32
निरीक्षण अधिकृत नियुक्त गर्न वा तोक्न सक्ने
(१) बजार तथा आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाई उपभोक्तालाई उचित मूल्यमा गुणस्तरयुक्त वस्तु वा सेवा सरल एवं सहज रूपमा उपलब्ध गराउने कार्यको अनुगमन गर्न विभागले तोकिए बमोजिम निरीक्षण अधिकृत नियुक्त गर्न वा निरीक्षण अधिकृतको रूपमा काम गर्न नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कुनै अधिकृत कर्मचारीलाई तोक्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम नियुक्त वा तोकेको निरीक्षण अधिकृतको योग्यता तोकिए बमोजिम हुनेछ ।